बालेनद्वारा राष्ट्रपति रामचन्द्र पौडेलले जारिगरेको भूमि व्यवस्थासम्बन्धी केही कानुन संशोधन गर्ने अध्यादेश विषयमा कटाक्ष

२ माघ २०८१, बुधबार, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमि व्यवस्थासम्बन्धी केही कानुन संशोधन गर्ने अध्यादेश जारी गरिएको विषयमा कटाक्ष गरेका छन्।

बालेनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्वीर साझा गर्दै आफ्नो धारणा व्यक्त गरेका छन्, "अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई । "

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार साँझ "भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१" जारी गरेका छन्।

यो अध्यादेशले भूमि व्यवस्थापनसँग सम्बन्धित कानुनलाई अद्यावधिक र संशोधन गर्ने उद्देश्य राखेको छ। सरकारले भूमि व्यवस्थापन, उपयोग, तथा अधिकार सम्बन्धी विषयहरूलाई सुधार गर्न आवश्यक देखेर यो अध्यादेश तयार पारेको हो। अध्यादेश जारी भएपछि यसको प्रभावकारिता र यसको कार्यान्वयन प्रक्रियाको प्रतीक्षा गरिएको छ।

0 Comments

Leave a comment

Latest News

View All

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

Tags

© 2025 FinTech Technology. All Rights Reserved.