२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि सुरु

१ माघ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ।

परीक्षा सञ्चालन समय बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म हुनेछ |

जारी तालिका अनुसार परीक्षा चैत ७ गते बिहीवारदेखि सुरु हुनेछ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यसै दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरबी भाषाको परीक्षा पनि सञ्चालन गरिनेछ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ। त्यही दिन गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) विषयको परीक्षा पनि हुनेछ।

परीक्षा नियन्त्रण कार्यालयको तालिका अनुसार, चैत १० गते अनिवार्य गणित विषयको परीक्षा हुनेछ भने चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिनेछ।

तालिका निम्न अनुसार हुने छ:-

परीक्षा सञ्चालन: बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म

२०८१ साल चैत्र ०७ गते बिहीबार: अनिवार्य अङ्ग्रेजी 

२०८१ साल चैत्र ०८ गते शुक्रवार: अनिवार्य नेपाली 

२०८१ साल चैत्र १० गते आइतबार: अनिवार्य गणित

२०८१ साल चैत्र १२ गते मंगलवार: अनिवार्य विज्ञान तथा प्रबिधि

२०८१ साल चैत्र १३ गते बुधबार: अनिवार्य सामाजिक अध्ययन

२०८१ साल चैत्र १४ गते विहीबार: ऐछिक प्रथम पत्र

२०८१ साल चैत्र १५ गते शुक्रबार: ऐछिक दितिय पत्र

 

0 Comments

Leave a comment

Latest News

View All

Tags

"Stay ahead, stay informed with Arthik Sagar."

Tags

© 2025 FinTech Technology. All Rights Reserved.